अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – नेपाल वायुसेवा निगमले आगामी महिनादेखि जापानमा गर्ने भनेको उडान बिनाकारण स्थगित गरेको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवम् निगमका जापानस्थित एकमात्र प्रतिनिधि देवमान हिराचनले आपत्ति जनाउनुभएको छ ।
निगमले आगामी जुलाई ४ तारिखबाट जापानमा वाईडबडी उडान गर्ने घोषणा गरेको थियो ।
नेपाल र जापानका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर तय गरिएको उडानको मिति निगमले एक्कासि बिनाकारण स्थगित गर्नु आफैमा अशोभनीय भएको पनि उहाँले टिप्पणी गर्नुभयो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिराचनले टिकट बुकिङ नभएकै कारण उडान स्थगित् गरिएको भन्ने निगमको भनाइमा कुनै सत्यता नै नभएको दाबी पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल एयरलाईन्सको जापानी टिकट बुकिङ प्रणाली नै तयार भएको छैन । यस्तो अवस्थामा निगमले बुकिङ खुल्ला गर्नुपर्दथ्यो, बुकिङ नै नखुलाई एकतर्फी टिकट बुक नभएको बहाना बनाएर ओशाका उडान स्थगित गर्नु रहस्यमयी छ ।’ यो विषयमा प्रधानमन्त्रीले नै विशेष चासो दिएर उचित छानबिन गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले नेपाल एअरलाइन्सले जापानसँग उडानको लागि सम्झौता गर्नु ठूलो उपलब्धि भए पनि यसका लागि गर्नुपर्ने आवश्यक धेरै कामहरु नेपालको तर्फबाट द्रुत गतिमा नभएको पनि बताउनुभयो ।
अघिल्लो वर्षदेखि नेपाल वायु सेवा निगमको ओशाका कार्यालय खोली नेपाल वायु सेवा निगमको उडान सुरु गर्ने योजना बनेको सुनाउँदै उहाँले त्यस योजनालाई सफल तुल्याउन नेपालको तर्फबाट खासै चासो र चिन्ता नदेखाईएको पनि गुनासो गर्नुभयो ।
उहाँका अनुसार इन्टर एभिएशन जापान (आईएजे) को सहयोग र सल्लाहअनुसार ६ महिना समय लगाई ओशाका उडानको सबै तयारी जापानको तर्फबाट सम्पन्न भैसकेको छ । ओशाकामा नेपाल वायुसेवा निगमको कार्यालय पनि तयार भैसकेको उहाँले सुनाउनुभयो ।
उहाँले दीर्घकालीन महत्व बोकेको नेपाल–जापान सिधा हवाई उडान सम्झौतालाई निगमले खेलाँची ठान्दा दुई देशबीचको सम्बन्धमा पनि आगामी दिनमा असर पुग्ने चिन्ता व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।