भक्तपुरमा ७५० बेरोजगारले पाए रोजगारी, अर्को वर्षदेखि देशभर पाँच लाख युवाले रोजगारी पाउने मन्त्री विष्टको दावी

 जेठ २४, २०७६ शुक्रबार १९:८:२७ | उज्यालो सहकर्मी

भक्तपुर – प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत भक्तपुरमा झण्डै ७ सय ५० युवाले रोजगारी पाएका छन् । बेरोजगारको सूचीमा सूचीकृत झण्डै १५ सय युवामध्ये ७५० जनाले रोजगारी पाएका हुन् । 

भक्तपुरमा शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बेरोजगार युवालाई  रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको बताउनुभयो ।

यो आर्थिक वर्षमा आंशिक रुपमा रोजगार कार्यक्रम सञ्चालन भए पनि आउँदो वर्षदेखि देशभर कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरी कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री विष्टले बताउनुभयो ।

शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको उहाँको भनाइ छ । कामप्रति सम्मान जगाउने भावनाको विकास गर्न रोजगार कार्यक्रम फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

याे पनि पढ्नुहाेस्

आफ्नै ठाउँमा काम पाएपछि दंग, प्रधानमन्त्री भन्नुहुन्छ : अब कोही पनि विदेश जानु पर्दैन

सरकारले घर(घरमा गएर रोजगारी दिन्छ : प्रधानमन्त्री ओली

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया