अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
माेरङ - आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । गएकाे चैत २ गते आफैले जन्मदिएको शिशु बालकलाई मावाखोला बाँसखारीमा छाडेर भागेकी बालककी आमा माया राईलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तो छ घटना
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ स्थित नवनिर्मित बसपार्क छेऊको मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा २०७५ चेत २५ गते शिशु फेला परेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी निरीक्षकसमेतको टोलीले त्याे नाबालकलाई उद्दार गरी गोदावरी हस्पिटल उर्लाबारीमा उपचारका लागि पठाएको थियो ।
बच्चाको आमा खोजतलास गर्दै जाने क्रममा इलामको माङसेबुङ गाउँपालिका-६, स्थायी घर भई उर्लाबारी नगरपालिका ६ पानीटंकीका अमृत तामाङको घरमा बस्दै आएकी करिब ३० वर्षीया माया राईको रहेको अनुसन्धानबाट पत्ता लगायो ।
लामो समय खोजी गर्दा पनि फेला नपरेकी शिशुकी आमा खोज्ने क्रम प्रहरीले जारी नै राखेको थियो । नवजात शिशुलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएकोमा शिशुकी आमा माया राई नोबेल अस्पतालमा आफै उपस्थित भएको समेत प्रहरीले पत्ता पायो । तर नवजात शिशुको २८ गते बिहान उपचारका क्रममा मृत्यु भएपश्चात अस्पताल परिसरबाट मृतक नवजात शिशुकी आमा माया राई भागेको प्रहरी बताउँछ ।
वैशाख २ गते इलाका प्रहरी कार्यालय उर्लाबारीले उनका विरुद्धमा मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्यो ।
बच्चाको मृत्युपछि फरार रहेकी मायालाई खोज्न भने प्रहरीले छाडेन । झापाको दमक नगरपालिका-७, रतुवाखोला किनारामा रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आइरहेको भन्ने सूचनाको आधारमा निगरानी गर्दै जाँदा उनलाई उर्लाबारी-,५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निररुीक्षक राम तिमल्सिनाले जानकारी दिनुभयाे ।
पक्राउ परेकी मायालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ । प्रहरीले पक्राउ परेकी मायाले २०७५ असारमा काठमाण्डौमा भेट भएका एक व्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।