अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई जेठ २७ गते सोमबार बिहान बोलाइएको बैठकमा सहभागी हुन अन्तिम मौका दिएको छ ।
स्थानीय तहको कर्मचारी भर्नासम्बन्ध लोक सेवा आयोगले खुलाएको विज्ञापनका सम्बन्धमा सरकारको धारणा बुझ्न समितिले शुक्रबार अपरान्ह बोलाएको बैठकमा पनि अनुपस्थित भएपछि मन्त्री पण्डितलाई आगामी सोमबार बिहान बोलाइएको बैठकमा सहभागी हुन अन्तिम मौका दिने निर्णय गरेको हो ।
त्याे बैठकमा पनि मन्त्री पण्डित सहभागी नभए खुलाइएको विज्ञापन फिर्ता लिन सरकारमार्फत् लोक सेवा आयोगलाई निर्देशन दिने सहमति गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री पण्डितले शुक्रबार सोमबार अपरान्हको बैठकमा आउने सहमति गरे पनि अनुपस्थित भएकोमा सभापति श्रेष्ठको आपत्ति छ ।
बैठकमा समितिका सदस्य विजय सुब्बाले भने मन्त्री पण्डितले २५ गतेछि बस्ने बैठकमा मात्रै आउने जानकारी गराउँदागराउँदै त्यस विषयमा निर्णय लिन हतारो गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो । सत्तारुढ नेकपाका सांसद समेत रहनु भएका उहाँले विभागीय मन्त्रीसँग छलफल नै नगरी कसरी समितिले निर्णय लिन सक्छ ? भनि प्रश्न पनि गर्नु भयो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजेन्द्र महतोले मन्त्री पण्डित पटक-पटक अनुपस्थित भएको उल्लेख गर्दै तत्काल त्याे विज्ञापन फिर्ता लिन लोक सेवा आयोगलाई निर्देशन दिन समितिकी सभापति श्रेष्ठलाई दबाब दिनु भएको थियो ।
गएकाे जेठ २० गतेबाट समितिले त्यस विषयमा छलफल गर्न खोजेपछि मन्त्री पण्डितले समितिको बैठक छल्दै आउनु भएको छ । मन्त्री पण्डितले संसदीय समितिलाई छल्न खोजेकोमा सत्तारुढ नेकपाकै सांसदहरुको पनि विरोध छ । संविधान र संघीयताविपरीत त्याे विज्ञापन आएकाले त्यसलाई फिर्ता लिनुपर्ने समितिका धेरैजसो सदस्यहरुको मत छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
bk Himal
June 7, 2019, 10:02 p.m.दलित कोटामा माननीय भएकाहरु चुप लागेर बसेको देख्दा दिक्क लाग्छ /
दायानन्द साह
June 7, 2019, 9:36 p.m.बिज्ञापन रद्द गर्नु भन्दा राम्रो बिज्ञापन सच्याउन राम्रो हुन्छ ।।। पढ्नेहरूको लागी भलो हुन्छ ।।