चितुवाकाे आक्रमणबाट बालिकाकाे ज्यान गयाे

 जेठ २५, २०७६ शनिबार ६:१९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ - चितुवाकाे आक्रमणमा परि शुक्रबार राति तनहुँमा एक बालिकाकाे ज्यान गएकाे छ ।

भानु नगरपालिका-२ भकुण्डोथोक बस्ने ईश्वर अधिकारीकाे ९ वर्षीया छाेरी पुष्पा अधिकारीकाे चितुवाले आक्रमण गर्दा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयाे ।

शुक्रबार साँझ साढे ७ बजेतिर घर अगाडि खेलिरहेको अवस्थामा चितुवाले पुष्पालाई आक्रमण गरेकाे थियाे । राति ९ बजेतिर घरदेबाट झण्डै ५ सय मिटर दूरीमा रहेकाे खरबारीमा  पुष्पा मृत अवस्थामा भेटिएकाे लामिछानेले जानकारी दिनुभयाे ।

शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय भानु डुम्रेबाट घटनास्थलका लागि प्रहरी परिचालन गरिएकाे छ । 

यसअघि पनि भानु नगरपालिकामा चितुवाकाे आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका थिए ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया