अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने सिथी नखः पर्व शनिबार मनाइँदैछ ।
विशेषगरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यो पर्व लिच्छिवीकालीन समयदेखि नै सुरु भएको विश्वास छ । नेवार समुदायभित्र पनि हिन्दू तथा बौद्ध धर्मावलम्बीले समेत सिथी नखः पर्वलाई साझा संस्कृतिका रुपमा मनाउँदै आएका छन् ।
आजको दिनलाई भगवान महादेवको जेष्ठ पुत्र कार्तिकेय कुमारको जन्म भएको दिनको रुपमा पनि लिइन्छ । यस दिनलाई नेवार समुदायले दिगु पूजाको अन्तिम दिनको रुपमा पनि मनाउने गर्दछन् । संस्कृतिवद् मिलनरत्न शाक्यले लेख्नुभएको ‘मञ्जुश्री : कल्ट अफ् नेपाल मण्डल’ नामक पुस्तकमा कुमारलाई मञ्जुश्रीका रुपमा वर्णन गरेको पाइन्छ ।
यस दिनलाई चाडपर्वको अन्तिम दिनको स्वरुपमा आ–आफ्ना कूलदेवतालाइ पूजा गरेपछि मात्रै आफूले त्यस वर्षभित्र गरेको हरेक कामहरुले सिद्धि प्राप्त हुने र अन्य देवीदेवताको पूजाको फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास कायम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।