अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – हिन्दूस्तान टाइम्सका आवासीय सम्पादक अभय वैद्यले ओशोको मृत्यु अस्वभाविक र षड्यनन्त्रमूलक भएको भएको बताउनु भएको छ ।
शुक्रबार ओशो तपोवनमा भएको अन्तरसंवाद कार्यक्रममा आफ्नो पुस्तक ‘हु किल्ड ओशो’ को बारेमा चर्चा गर्दै वैद्यले रहस्यमयी तरिकाले ओशोको मृत्यु भएको बताउनुभएको हो ।
अभय वैद्यले सन् १९९० जनवरी १९ को दिनमा भएको ओशोको मृत्युपछि आफूले तीस वर्ष लगाएर खोज गरेको बताउनुभयो । आफूले तीस वर्षको खोजबाट ओशोको मृत्यु अस्वाभाविक र षडयन्त्रमूलक पाएको उहाँको भनाइ थियो । ओशोको मृत्यु हुनुभन्दा दुई वर्ष अगाडिदेखि नै ओशोलाई आफ्नो परिवार र आमासम्मलाई पनि भेट्न नदिई आजको दिनमा पुना आश्रममाथि एकछत्र कब्जा जमाएका तीन विदेशीहरुले ओशोलाई घेरामा पारेको तथ्य पत्रकार वैद्यले सार्वजनिक गर्नुभयो ।
त्यस्तै, ओशोको मृत्युको दिन पनि नाक कान घाँटीका डाक्टर गोकुल गोकानीलाई षडयन्त्रमूलक रुपले डेथ सर्टिफिकेटमा हस्ताक्षर गर्न लगाएको स्वयं डाक्टर गोकानीले दिएको अन्तवार्तासमेत पुस्तकमा समेटिएको र यसले ओशोको मृत्यु झन रहस्यमय भएको कुरा वैद्यले स्पष्ट पार्नु भएको थियो । तीनै विदेशीहरुले ओशोको नक्कली इच्छापत्र तयार गरेको र नक्कली ट्रष्ट बनाई ओशो आश्रमको सम्पत्ति हडप्न षडय्न्त्र गरेको तथ्य समेत लेखक वैद्यले कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुणले आफूले सन् १९९० देखि नै ओशोको मृत्यु स्वाभाविक नभै हत्या नै भएको भन्दै आइरहेको र अभय वैद्यको पुस्तकले आफूले उठाउँदै आएको आवाजलाई बल प्रदान गरेको बताउनुभयो । अभय वैद्यको यस पुस्तकले ओशोको अभियानलाई ठूलो गुन लगाएको स्वामी आनन्द अरुणले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओशोको मृत्यु अस्वाभिक भएको आफूले सुन्दै आएको तर स्वयं पत्रकार अभय वैद्यबाट ओशोको मृत्युको बारेमा प्रस्तुत गरेका तथ्यहरु सुनेपछि ओशोको मृत्यु षडयन्त्रमूलक भएको बारेमा आफू स्पष्ट भएको बताउनु भएको थियो ।
अभय वैद्य टाइम्स अफ् इण्डियाका साथै डीएनए पत्रिकाको समेत सम्पादककाे रुपमा समेत काम गरिसक्नु भएकाे छ ।
कार्यक्रममा भारतीय जनता पार्टीका नेता अजितकुमार सिंहलगायतका व्यक्तिको पनि उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।