‘राधे’ लाई राज्यकाे सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेकाे तरुण दलकाे आराेप

 जेठ २५, २०७६ शनिबार १५:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल तरुण दलले धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी(राधे)लाई राज्य सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ । 

तरुण दलले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रहरी नै भण्डारीको ज्यान लिने षडयन्त्रमा लागेको दाबी गदै जीवन रक्षाको माग गरेको हो । पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले धादिङको रोराङ गाउँपालिका टुनेदोबानमा जेठ २२ गते भएको विवादमा संलग्न नै नभएका भण्डारीलाई स्थानीय जनक मगरले किटानी जाहेरी दिएको भनी गलत कागज बनाएर प्रहरीले नियन्त्रणमा लिने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भण्डारीलाई मार्ने योजना भइरहेको आफूहरुले थाहा पाएको भन्दै जीवनरक्षाको माग पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्ला अध्यक्ष, उपाध्यक्षलाई कहिले मार्छु, काट्छु भनेर सिभिल प्रहरीले, कहिले  एसपीले दिने, कहिले इन्स्पेक्टरले दिने, कहिले डिएसपीले धम्की दिने । अहिले तरुण दल र पुलिस प्रशासनबीच ३६ को आँकडा भएको छ । साँच्ची नै पुलिस प्रशासन यही ढंगले जाने हो भने हामी पुलिस प्रशासन विरुद्ध अगाडि बढ्नुपर्छ । सोझो, इमान्दार मान्छेलाई यसरी समात्ने हो भने हामी कुनै पनि आन्दोलन गर्न तयार छौँ । राधेलाई समात्ने मात्रै होइन कि राधेलाई मार्ने योजनामा पुलिस प्रशासन अगाडि बढेको छ भन्ने हामीले सुनेका छौँ । हामी उहाँको जीवनरक्षको पनि अपिल गर्छौँ ।’

कार्यक्रममा स्थानीय जनक मगरले प्रहरी आफैँले तयार पारेको किटानी जाहेरीमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताउनुभएको थियो । तरुणदले उपाध्यक्ष भण्डारीलाई रिहा नगरे देशव्यापी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया