कीर्तिपुरको जंगलमा विद्यार्थीकाे शव भेटियाे

 जेठ २५, २०७६ शनिबार १९:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : खनालकाे फेसबुकबाट लिइएकाे

काठमाण्डाै - काठमाण्डाै मेडिकल कलेजमा एमबीबीएस पढिरहेका एक युवक कीर्तिपुरको जंगलमा मृत भेटिएका छन् ।

शव अर्घाखाँची स्थायी घर भएका २४ वर्षीय शिशिर खनालकाे रहेको र शनिबार दिउँसो कीतिपुरको पुष्पलाल पार्क नजिकैको जंगलमा भेटिएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

काठमाडौ मेडिकल कलेजमा एमबीबीएस चौथो बर्षमा अध्ययनरत खनाल गएको १७ गतेदेखी सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा आज शव भेटिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट मृतक खनाल डिप्रेसनकाे राेगी रहेकाे र औषधि सेवन गरिरहेकाे पत्ता लागेकाे प्रहरीले जनाएकाे छ ।

फेला परेकाे शव सडेको अवस्थामा भेटिएको र हत्या वा आत्महत्या के हो भन्ने पाेष्टमार्टमपछि मात्र यकिन हुने प्रहरीकाे भनाइ छ । शव पाेष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएकाे छ ।

 

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया