अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली साता लामो भ्रमणका लागि युरोप प्रस्थान गर्नुभएको छ ।
स्विजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुँदै सुरु हुने प्रधानमन्त्रीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिनेछ । जेनेभाको भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्नुहुनेछ ।
प्रधानमन्त्री ओली नेपालको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश बेलायतमा तीन दिन रहनु हुनेछ । प्रधानमन्त्रीले बेलायती समकक्षी टेरेसा मे सँग जेठ २८ गते भेटवार्ता गर्नुहुने कार्यक्रम छ जसमा बेलायती समकक्षीसमक्ष द्विपक्षीय हितका साथै भूपू गोर्खा सैनिकका बारेमा छलफल हुने कार्यक्रम छ ।
यस्तै प्रधानमन्त्री ओलीले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । बेलायतको भ्रमण पछि प्रधानमन्त्री फ्रान्स पुग्नुहुने छ । फ्रान्स भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी सम्झौता हुने भएको छ । त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ । समग्रमा प्रधानमन्त्रीको युरोप भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन केन्द्रित हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।