आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

 जेठ २६, २०७६ आइतबार ८:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्षको भोटो जात्रा ललितपुरको जावलाखेलमा आइतबार देखाइँदैछ । 

बेलुकी ५ बजे जावलाखेलमा राखिएको रथबाट राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले रातो मच्छिन्द्रनाथको भोटो देखाउनुहुनेछ ।

रातो मच्छेन्द्रनाथको रथ बिहीबार नै जावलाखेल पुर्‍याइएको हो । रथ जावलाखेल पुर्‍याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको हो । 

एकजना नेवार किसानले कर्कोटक देवतालाई सहयोग गरेवापत एउटा बहुमुल्य भोटो उपहार पाएका थिए । एकदिन जावलाखेलमा मच्छिन्द्रनाथको रथ यात्रा हेर्न जाँदा अर्कै ब्यक्तिले आफ्नो भोटो लगाएको देखेपछि किसान र ती ब्यक्तिबीच भोटोका विषयमा विवाद भयो । विवाद भएपछि स्थानीयबासिन्दाले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भोटो मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती रहेको छ । 

त्यसपछि, आजसम्म भोटोको वास्तविक मालिक कोही भए प्रमाणसहित लिन आउन आह्वान गर्दै प्रदर्शन गरिने चलन छ । भोटो देखाइसकेपछि रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई तानेरै ललितपुरको बुंगमतीमा पुर्‍याइन्छ ।

भोटो जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिइएको छ । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया