अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
रसुवा – रसुवा र नुवाकोटमा उत्पादन हुने विद्युत् जोड्नका लागि निर्माण गरिएको त्रिशूली – मातातीर्थ २२० केभी प्रसारण लाइनको आइतबार ‘ओभर हेड टेष्ट’ गरिने भएको छ । यो परीक्षणले प्रसारण लाइनको कमी कमजोरी पहिल्याउने छ ।
ओभरहेड टेष्ट गरेपछि प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आउने छ । यसअघि प्रसारण लाइनको चार ओटै सर्किटको केबल टेष्ट गरिएको थियो । प्रसारण लाइन सञ्चालनमा ल्याउनु अघि केबल टेष्ट गरिन्छ ।
ओभर हेड टेष्टले प्रसारण लाइनको कमि कमजोरी औल्याउने भएका कारण यो महत्वपूर्ण हुने आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताउनुभयो । ‘कतिपय आयोजनाले ‘केबल टेष्ट’ मात्रै गर्छन, उहाँले भन्नुभयो, हामीले ओभर हेड टेष्टलाई पनि प्राथमिकता दिएका हौँ ।’
थ्रीबी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी रहेको छ । जसमा पावर हाउस (सिम्ले) देखि थ्रीबी हबसम्म १३२ केभी, थ्रीबी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ ।
मातातीर्थदेखि मातातीर्थ सबस्टेसनसम्म १.४१ किलोमिटर भूमिगत लाइन निर्माण गरिएको आयोजनाले जानकारी दिएको छ । प्रसारण लाइनमा १ सय ४२ वटा टावर निर्माण गरिएको छ ।
प्रसारण लाइन निर्माण गरिएपछि माथिल्लो त्रिशूली थि ‘ए’ ले उत्पादन गरेको ३० मेगावाट विद्युत् जोडेर परीक्षण गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।