अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
पाल्पा – जंगली च्याउ खाँदा पाल्पामा १ जनाको ज्यान गएको छ । १० जना बिरामी परेका छन् । निस्दी गाँउपालिका– ३ का ९ वर्षिया निर्मला ठकुरीको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
च्याउ खाँदा बिरामी परेका १० जनामध्ये ४ वर्षीया विष्णु ठकुरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्य ९ जनाको नवलपुर डण्डामा रहेको मध्यबिन्दु अस्पतालमा उपचार भैरहेको छ ।
शुक्रबार साँझ घर नजिकैको जंगलबार ल्याएको च्याउको तरकारी खाँदा ४५ वर्षीय पुरन खाम्चा, उहाँकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया छोरी निर्मलासँगै ८१ वर्षीय प्रेमसिंह ठकुरी, ३० वर्षका दान कुमारी, ७ वर्षीय सुमन सिंह, यही ठाउँकी धन कुमारी, निशा ठकुरी र निरुता सिंह ठकुरी बिरामी परेका हुन् ।
शनिबार अपरान्हदेखि बिरामी परेका उनीहरुलाई बान्ता हुने, बेहोस हुने, अत्तालिने जस्ता समस्या देखिएको स्थानीयले जनाएका छन् ।
– यसअघि प्रकाशित समाचारमा २ जनाकाे मृत्यु हुन गएकोमा क्षमाप्रार्थी छाैँ । –सम्पादक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।