डेंगु नियन्त्रणका अवरोध : कोकाकोलाका बोतल, टिनका बट्टा र गमला

 जेठ २६, २०७६ आइतबार ११:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – तीन साता भन्दा लामो समयदेखि सुनसरीको धरानमा फैलिएको डेंगुको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन ।

धरान उप महानगरपालिका, प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालय सुनसरी मार्फत डेंगु नियन्त्रणको प्रयास गरिए पनि बिरामीको संख्या भने बढ्दै गइरहेको छ । धरान उप महानगरपालिकाका अनुसार अहिले  धरानमा २ सय ४० जना डेंगुको बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । धरानमा मात्रै होइन इटहरी उप महानगरमा पनि २ जना डेंगुको बिरामी फेलापरेपछि समस्या थप बढ्दै गइरहेको छ ।

धरानमा यति लामो समय सम्म डेंगु नियन्त्रणमा नआउनुमा घरमा राखिएका गमला र संकलित गरिएको पानी मुख्य कारक भएको धरान उप महानगरपालिका स्वास्थय शाखा प्रमख रामबाबु यादवले बताउनुभयो । 

धरानका अधिकांश घरहरुमा गमलामा फूल रोपिएको र गमलामा  रोपिएको फूलमा हालेको पानी जम्दा डेंगु फैलाउने लामखुट्टे बढेको यादवको भनाइ छ । धरानमा टिनको बट्टा र कोकाकोलाको बोतलमा समेत फूल रोपिएको छ । त्यही बोतलमा पानी हाल्दा पानी जमेर समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वसाधारणलाई यस्ता गमला नस्ट गर भन्दा मानेका छैनन् यसले डेंगु नियन्त्रणमा समस्या भएको छ ।’ 

धरानमा संकलन गरेर राखेको पानी समेत डेंगु फैलाउने कारक बनिरहेको छ । यादवका अनुसार संकलन गरेको पानी नछोप्दा डेंगु फैलाउने लामखुट्टेले त्यही पानीमा अण्डा पार्ने, लार्भा हुर्काउने काम गरिरहेको छ । हामीले अहिले संकलन गरेको पानी नस्ट गर्ने अभियान जारी राखेका छौँ । उहाँले पानी छोप्न समेत सचेतना फैलाइरहेका छौँ ।

इटहरीमा पनि डेंगु 

धरान उप महानगरपालिकामा देखिएको डेंगुका बिरामी इटहरीमा पनि देखिन थालेका छन् । इटहरीमा अहिलेसम्म २ जनामा डेंगु भेटिएको इटहरी उप महानगरालिकाले जनाएको छ । इटहरीमा पनि डेंगुका बिरामी भेटिएपछि अहिले इटहरीमा पनि सचेतना मूलक कार्यक्रम सुरु भएको छ । 

अन्य स्थानीय तहमा पनि डेंगु फैलने भन्दै सचेतना कार्यक्रम सुरु गरेका  छन् । डेंगु परीक्षण गर्न आवश्यक पर्ने किट पर्याप्त मात्रामा धरानमा राखिएको छ । अन्य स्थानीय तहमा पनि पर्याप्त मात्रामा किट राखिएको स्थानीय तहले जनाएका छन् । अहिले सुनसरीको धारानमा डेंगु सार्ने लामखुट्टेका अण्डा लार्भा र प्यूपा खोज्ने, पहिचान गर्ने  र नस्ट गर्ने अभियान जारी छ । यसको नेतृत्व जनप्रतिनीधिहरुले गरिरहेका छन् भने सामाजिक संघ सस्था र सर्वधसाधारणलाई समेत यो अभियानमा सहभागि गराइएको धरान उप महानगरका कार्यबाहक मेयर मञ्जु भण्डारीले बताउनु भयो ।

उहाँका अनुसार डेंगु नियन्त्रणका लागि कुनै कुसर नराखेको भए पनि नियन्त्रणमा अझै आउन सकेको छैन । डेंगु नियन्त्रणका लागि र्‍यापिड रेस्पोन्स टिम बनाइको छ । यो टिमले ‘सर्च एण्ड डिस्ट्रोए’ गर्ने अभियान जारी राखेको छ । सँगसँगै सचेतना मूलक कार्यक्रम समेत जारी राखेको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया