चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी

 जेठ २६, २०७६ आइतबार १२:३९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न चलचित्र कलाकार संघको निर्वाचनमा खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५८ मतले पछि पार्दै विजयी भएका हुन् ।

खड्काको पक्षमा २१८ मत खस्दा लामिछानेले १६१ मतमा चित्त बुझाइन् । दुई जना उपाध्यक्षको पदमा रेजिना उप्रेतीले २४३ मत ल्याउँदा सानुकुमार ताम्राकारले १७५ मत पाएर विजयी भए । 

महासचिवमा चेतबहादुर सिंह राजा निर्वाचित हुँदा सचिव पदमा पनाह अधिकारी विजयी भए । त्यस्तै सह कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य विजयी भइन् । कोषाध्यक्ष पदमा भने यस अघि नै सुनिल कटुवाल निर्विरोध चयन भैसकेका छन् ।

पदाधिकारीतर्फ उपाध्यक्षमा निर्र्वािचत भएका सानुकुमार ताम्राकारबाहेक सबै खड्का प्यानलका विजयी भए । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया