मन्त्रीहरुद्वारा पुल्चोक क्षेत्रमा सरसफाइ

 जेठ २६, २०७६ आइतबार १३:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व वातावरण दिवस-२०१९ काे साताव्यापी अवसर पारेर ललितपुरको पुल्चोकमा रहेको मन्त्री क्वार्टर परिसरमा सरसफाइ गरिएको छ । 

वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुलचोक चोकदेखि सुरु भएको सरसफाइ कार्यक्रम मन्त्री क्वार्टरभित्र पुगेर सम्पन्न भएको थियो । 

सरसफाइको नेतृत्व कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि सरसफाइमा सहभागी भएको थियो । 

मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ । 

विश्व वातावरण दिवसका अवसरमा गएको जेठ २२ र २३ गते नेपालगञ्जमा मूल कार्यक्रम आयोजना गरिएको थियो । 

त्यस क्रममा मुलुकभरका महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश-५, प्रदेश-७ र कर्णाली प्रदेशका नगर प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा सरोकारवालाहरुको सहभागितामा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया