माइतीघरमा गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप

 जेठ २६, २०७६ आइतबार १५:५४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाण्डौको माइतीघर मण्डलमा भेला भएका प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । 

गुठी विधेयकप्रति आपत्ति जनाउँदै आइतबार बिहान काठमाण्डौको माइतीघर मण्डलामा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेको हो । धरपक्कडमा परी एक दर्जनबढी घाइते भएका छन् ।

यसैबीच, प्रर्दशनकारीहरुले विधेयक तत्काल फिर्ता नलिए आफूहरु रगतको खोलो बगाउन तयार रहेको चेतावनी दिएका छन् । सामाजिक अभियन्ता भरत जंगम, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्यले देशको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी सरकारले ल्याएको विधेयक फिर्ता नलिए देशभर आन्दोलन चर्काउने चेतावनी दिनुभएको हो ।

गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने त्यस विधेयकको प्रावधानप्रति उनीहरुको विशेष आपत्ति रहिआएकाे छ ।

दुई तिहाइ बहुमतको सरकारले ल्याएको विधेयक पारित हुने आशंका गर्दै सरोकारावालाहरुले सो विधेयक खारेज गर्न माग गर्दै गत एक हप्तादेखि विरोध प्रर्दशन गर्दै आएका छन् । उनीहरुले विधेयक दुई दिनभित्र फिर्ता नलिए सिंगो देश नै ठप्प हुने गरी आन्दोलन चर्काउने चेतावनी दिएका छन् । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया