'रसुवागढी नाकामा सिण्डिकेट लगाइएकाे भन्ने खबर गलत'

 जेठ २६, २०७६ आइतबार १८:१५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाकामा सिण्डिकेट लगाइएको भनेर गलत प्रचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले सम्बन्धित सबैकाे ध्यानाकर्षण गराएको छ ।

यातायात क्षेत्रमा भएको सिण्डिकेट हटिसकेको तथा नाकामा सिण्डिकेट लगाउने काम नभएको र हुन नदिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली लागू गरिएको छ, त्यसलाई सिण्डिकेटको रूपमा लिँदा कुरा बाँझिएको हो’, भण्डारीले भन्नुभयो ।

रसुवागढी नाकामा डायल तथा सिण्डिकेट प्रणाली लागू भएको भन्दै व्यावसायीहरुले शनिबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेका थिए । सीमित व्यवसायीले आफ्नो स्वार्थका लागि गलत प्रचार गरेको भन्दै कार्यालयले आइतबार पत्रकार सम्मेलन मार्फत सिण्डिकेट लगाउने काम नभएको प्रष्ट पारेको हो ।

‘यातायात क्षेत्रमा सिण्डिकेट हटिसकेको छ’, उहाँले भन्नुभयो, ‘नाकामा व्यवस्थापनको लागि नयाँ प्रणाली सुरु भएको हो । ‘यसले नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउने विश्वास लिएका छौँ ।’  

पालो मिच्ने विषयमा विवाद हुने गरेकाले नाकालाई व्यवस्थित बनाउन नयाँ प्रणाली सुरु गरिएको हो । रसुवागढी नाकाबाट सीमित सङ्ख्यामा ट्रक कन्टेनरले चीन प्रवेश पाउने र बढी सङ्ख्यामा रसुवागढीसम्म आउने गर्दा विवाद सिर्जना हुँदै आएको थियो । यो नाकामा अहिले झण्डै सय वटा कन्टेनर आवतजावत हुने गरेको छ । 

नेपालको सीमा क्षेत्रमा करिब चार सय कन्टेनर पार्किङ गर्नुपर्ने अवस्था आएपछि यो प्रणाली सुरु गरिएको प्रशासनले जनाएको छ । नागरिकमैत्री प्रशासन, जनमुखी सेवा वितरण, सुशासन, तस्करी र सिण्डिकेट नियन्त्रणमा रसुवा प्रशासन कटिबद्ध भएर लाग्ने र कसैसँग कुनै प्रकारको सम्झौता नगर्ने आइतबार प्रशासनले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया