आइतबार चिडियाखानामा अत्यधिक भिड: झण्डै २३ हजारले गरे अवलोकन

 जेठ २६, २०७६ आइतबार १६:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुरमा रहेको सदर चिडियाखानामा आइतबार झण्डै २३ हजारले अवलोकन गरेका छन् ।

याे आँकडा आइतबार साढे चार बजेसम्मकाे हाे भने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले आइतबार चिडियाखानामा भिड लागेको हो । यतिबेला सम्म अवलोकनकर्ताबाट झण्डै ११ लाख ५० हजार रुपैयाँ आम्दानी भएको सदर चिडियाखानाले जनाएकाे छ ।

आइतबारका लागि चिडियाखानाले अवलोकनकर्ताका लागि विशेष व्यवस्था गरेको थियाे । अरु दिन बिहान १० बजे मात्र खुला हुने चिडियाखाना आइतबार बिहान ६ बजे नै खुला गरिएको र बेलुका ६ बजेसम्म खुला हुने चिडियाखानाका संरक्षण शिक्षा तथा सुचना अधिकृत लिना चालिसेले बताउनुभयो ।

यस्तै प्रवेश शुल्कमा पनि सहुलियत दिइएको छ । अरु दिन सर्वसाधारणका लागि प्रवेश शुल्क एकसय ५० र विद्यार्थीका लागि ९० रुपैयाँ रहेकोमा आइतबार भने सबैलाई ५० रुपैयाँ कायम गरिएको छ ।

अवलोकनकर्ताका लागि छहारी, खानेपानी र सम्पर्कमञ्च पनि व्यवस्था गरिएको चालिसेले जानकारी दिनुभयो । यस्तै चिडियाखाना पस्न र निस्कन छुट्टाछुट्टै व्यवस्था पनि गरिएको छ ।

जाउलाखेलमा भोटो जात्रा हेर्न पुग्नेहरुले नजिकै रहेको चिडियाखाना अवलोकन गर्ने गर्छन् । नयाँ वर्ष र भोटो देखाउने दिन चिडियाखानामा घुइँचाे नै लाग्ने गर्छ । नयाँ वर्षको दिन वैशाख १ गते २५ हजार ७ सयभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका थिए ।

आइतबार भने बेलुकासम्म झण्डै २४ हजारले अवलोकन गर्ने अनुमान गरिएको सूचना अधिकृत चालिसेले बताउनुभयो । चिडियाखानामा १ सय १९ प्रजातिका जीवजन्तु रहेका छन् । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया