जंगली च्याउ खाँदा ज्यान जानेकाे संख्या दुई पुग्याे, अन्य ९ जनाकाे उपचार हुँदै

 जेठ २६, २०७६ आइतबार २०:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा - पाल्पामा जंगली च्याउको तरकारी खाएका दुई बालिकाको ज्यान गएको छ भने अन्य ९ जना बिरामी परेका छन् ।

निस्दी गाँउपालिका वडा नम्बर ३ की-८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु सिंह ठकुरीको उपचारको क्रममा  भरतपुर अस्पतालमा ज्यान गएको आफन्त ईन्द्रबहादुर सिंह ठकुरीले जानकारी दिनुभयो । बिरामी सबैको नवलपरासीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेकोमा आइतबार बेलुका ४ जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।

१० वर्षकी निशा सिंह ठकुरी, ३० वर्षकी दान कुमारी सिंह, ७ वर्षका सुमन सिंह ठकुरी र धन कुमारी सिंह ठकुरीलाई भरतपुर रिफर गरिएको छ  ।

४५ वर्षका पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, छोरी १५ वर्षीया निर्मला खाम्चा, ८१ वर्षीय प्रेम बहादुर सिंह ठकुरी, १३ वर्षीया निरुता सिंह ठकुरीको मध्यविन्दु जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ ।

शुक्रबार बेलुकी घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी भएका हुन् । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया