माेटरसाइकलले ठक्कर दिँदा ललितपुरमा एक जना पैदलयात्रीकाे मृत्यु

 जेठ २७, २०७६ सोमबार ८:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका कृष्णवीर नकर्मीकाे ज्यान गएको छ ।

बा ८८ प ९७५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका स्वयम्भु घर भई ललितपुरको ग्वार्को बस्ने ४५ बर्षका नकर्मीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

नकर्मीलाई ठक्कर दिएर मोटरसाइकल पल्टदा घाइते भएका मोटरसाइकल चालक कीर्तिपुरका विराज श्रेष्ठको बिएण्डबी अस्पतालमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया