अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – 'नेपाल भ्रमण वर्ष-२०२०' लाई सहयोग पुर्याउने उद्देश्यका साथ जापानको नागोयामा नेपाल महोत्सव-२०१९ गर्न लागिएको छ ।
जापानको नागोयामा बसोबास गर्दे आएका नेपालीहरुको सक्रियतामा नेपाल महोत्सव गर्न लागिएको हो । महोत्सवले दुई देशबीचको सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै 'नेपाल भ्रमण वर्ष-२०२०' लाई टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।
नेपाली कला संस्कृति, परम्परागत झाँकी, रहनसहन, खाना, गीतसंगीत झल्किने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउँदै 'नेपाल भ्रमण वर्ष-२०२०' का लागि जापानी नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले बताउनुभयो ।
जापानमा रहेको नेपाली दूतावास र एनआरएनएन नागोयाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह-आयोजकको रुपमा सहभागी हुँदैछन् । महोत्सव साकायको हिसाय दोहोरी पार्कमा यही जून १५ र १६ तारिकका दिन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।