१९ वर्षपछि हत्यारा पक्राउ

 जेठ २७, २०७६ सोमबार १७:३८:३९ | उज्यालो सहकर्मी

भक्तपुर - भक्तपुर कटुन्जेकी विजेश्वरी प्रजापतिको हत्यामा संलग्न भएका व्यक्ति १९ वर्ष पछि पक्राउ परेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले हत्यामा संलग्न देवीरमण  अधिकारीलाई १९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीले २०५७ असार ८ गते आफूले काम गरेको घरकै घरपेटी ३३ वर्षीया विजेश्वरीको प्रजापतिको हत्या गरेका थिए ।

हत्यारा भनिएका अधिकारी त्यसबेला प्रजापतिको घरमा घरेलु कामदारको रुपमा काम गर्थे । हत्या गर्नुअघि अधिकारी र विजेश्वरी प्रजापतिबीच कामबापतको तलबका विषयमा वादविवाद भएको थियो । आफूले काम गरेको पैसा दिन आनाकानी गरेको रिसमा प्रजापतिको हत्या गरेर अधिकारी फरार भएका थिए ।

हत्यापछि नेपाल र भारतमा लुकिछिपी बस्दै आएका अधिकारीलाई प्रहरीले नेपाल भारतको सीमानजिक बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरिले बताएको छ । पक्राउ परेका अधिकारीलाई लाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई जिम्मा लगाइएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया