अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - नेपाल–भारतबीच नेपालको रेल वीरगञ्ज र विराटनगरबाट भारतको कोलकाता-हल्दियासम्म सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ ।
दुई देशबीचको रेल सेवा सम्झौताअन्तर्गतको हालै भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतले नेपालको वीरगञ्ज र विराटनगरसम्म रेल सञ्चालनका लागि सहमति जनाएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी त्याे सहमतिले छिट्टै लिखित रुप लिने पनि स्पष्ट पारेको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले डेढ वर्षभित्र भारतको कोलकातासम्म नेपालको रेल सञ्चालन हुने गरी त्यस सहमतिलाई अघि बढाउने योजना पनि सार्वजनिक गर्नु भयो ।
बैठकमा नेपालको वीरगञ्ज सुख्खा बन्दरगाहसम्म विद्युतीय रेल लाइन विस्तार गर्न भारतले सहमति पनि जनाएको थियो ।
दुई देशबीच पारवहन सन्धिअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलबाट बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति पनि गरिएको छ । विराटनगर–जोगबनी, सुनौली–नौतनवा र कुर्था–इनरुवा–जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपछि त्यस रुटमा कार्गाे ढुवानी गर्न पनि दुई देशबीच सहमति जुटेको छ ।
सचिव अधिकारीले यो सहमतिसँगै दुई देशबीचको माल सामान ढुवानीमा देखिँदै आएको समस्या समाधान भएर जाने विश्वास पनि व्यक्त गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारत सरकारको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले नेतृत्व गर्नु भएको त्यस बैठकले नेपाली बैकिंङ च्यानलमार्फत् ढुवानी, दस्तुरलगायतका महशुल नेपाली व्यापारीहरुले गर्न पाउने सहमति पनि गरेको छ ।
नेपाली व्यापारीहरुले विगतदेखि उठाउँदै आएको त्यस समस्यालाई पनि भारत सरकारले समाधान गर्ने सहमति जनाएको सचिव अधिकारीले बताउनु भयो । बैठकमा दुई देशबीचको रेल सेवा सम्झौताको अर्को बैठक ६ महिनाभित्र नेपालमा बस्ने सहमति पनि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।