बर्खेटारमा पहिरो खस्दा सडक अवरुद्ध

 असार २१, २०७५ बिहीबार ११:४०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ, असार २१– पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–जयराम सडक अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको बर्खेटारमा पहिरो खस्दा बुधबार रातीदेखि दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।

जिल्ला भित्रिने र बाहिरिने एक मात्र सडकमा पहिरो थुप्रिएका कारण रातीदेखि सवारी साधन रोकिँदा सयौं यात्रु अलपत्र परेका यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

नगरपालिकाको एक वटा व्याकहो लोडर, खोटाङ बृहत खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–दिक्तेल सडक कालोपत्रेका काम गरिरहेको सुर्य कन्ट्रक्सनको एस्काभेटर प्रयोग गरेर सडकमा खसेको ढुंगा पन्छाउने काम भइरहेको छ । 

सडकको अवरोध हटाउनका लागि नागार्जुन कम्पनीको दुई वटा बकेट सहितको एस्काभेटर समेत पहिरोस्थलमा झिकाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

ढुंगा पल्टाउँदा बस्तीमा पुग्ने भएकाले सडकमा थुपिएको ढुंगालाई फुटाएर अन्यत्र सारेर मात्र अवरोध हटाउने काम भइरहेको छ । 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया