अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
बारा – कलैयामा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा प्राधिकरणका कर्मचारी र उपभोक्ताबीच सोमबार झडप भएको छ । झडपका क्रममा विद्युत प्राधिकरणका कर्मचारीहरुले बाँसको भाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।
कलैया उपमहानगरपालिका– ९ रामपुरका रामबिहारी राउत अहिर, विरेन्द्र यादव र राजेश यादवको कलैयामा रहेको जिल्ला अस्पतालमा उपचार गरिएको छ । विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे तिर हाइ भोल्टेज करेन्ट प्रवाह हुँदा टिभी, फ्रीज, पंखा, पानी तान्ने मोटरलगायतका घरायसी विद्युतीय सामाग्रीहरु जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै उनीहरु विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका थिए ।
विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न पुगेका रामपुरका उपभोक्तामाथि प्राधिकरणका कर्मचारीहरुले बाँसको भाटाले प्रहार गरेको रामपुरका स्थानीय कन्हैया महत्तोले बताउनुभयो । करिब ४०/५० जनाको संख्यामा पुगेका स्थानीयबासीन्दाले कार्यालय प्रमुख गजेन्द्र चौधरीलाई कार्यालय परिसरमा बोलाउन माग गर्दै प्रदर्शन गर्न थालेपछि विद्युत प्राधिकरणका कर्मचारीहरुले उनीहरु माथि आक्रमण गरेका हुन् ।
बिहान साढे ११ बजेदेखि प्राधिकरणको मुल गेट नै बन्द गरेर धर्नामा बसिरहेका प्रदर्शनकारी माथि प्रहरी पुगेपछि प्राधिकरणका कर्मचारीहरुले आक्रमण गरेको सानु मिया अन्सारीले बताउनुभयो ।
तर विद्युत प्राधिकरण कलैयामा कार्यरत फोरम्यान परबेज आलमले भने प्रदर्शनमा आएको अराजक भीडले कर्मचारीमाथि हातपात र आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि कर्मचारीहरुले प्रतिकार गरेको बताउनुभयो । प्रदर्शनकारीहरुको आक्रमणबाट आफूसहित दुई जना कर्मचारी सामान्य घाइते भएको उहाले बताउनुभयो ।
प्रहरीले तीनजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उपभोक्ता र कर्मचारीबीच झडप भएपछि कलैयामा रहेको विद्युत प्राधिकरण कार्यालय सोमबार बन्द भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।