रसुवागढी नाकामा सोमबारदेखि रोकिए कन्टेनर

 जेठ २८, २०७६ मंगलबार ८:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाकामा कारोबार गर्दै आएका व्यावसायीले कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका छन् ।

नाकामा आलोपालो प्रणाली लागू गरेर कन्टेनर सञ्चालन गर्न पाउनुपर्ने लगायतका पाँच बुँदे माग राखेर सोमबारदेखि कन्टेनर सञ्चालन रोकेका हुन् । व्यावसायी आफैँले एक महिनाअघि आलोपालो प्रणाली सुरु गरेका थिए ।

यता जिल्ला प्रशासन कार्यालय रसुवाले नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउनका लागि ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरेको छ । नाका व्यवस्थापनका लागि प्रशासन, रसुवागढी नाका व्यवस्थापन समिति र सीमित व्यावसायी तीनतिर बाँडिएपछि समस्या सिर्जना भएको हो ।

समितिले सोमबार रसुवागढीमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे मागसहित कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका छन् । व्यवसायीको नेतृत्वमा आलोपालो प्रणाली लागू गर्ने व्यवस्था हुनुपर्ने, मेसवालाले आफूहरूलाई आवश्यक गाडी टिमुरेबाट जिम्मा लिएर लाने र केरुङमा सामान नपाएर महिनौसम्म बस्नुपर्ने गाडीवालाहरूको समस्या समाधान हुनुपर्ने माग छ । त्यसैगरी टिमुरेमा ट्राफिक जामको अन्त्य गर्न प्रणाली लागू गर्न दिनुपर्ने र गाडी तथा व्यावसायको सुरक्षा, पार्किङको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ ।

समितिले सामाजिक न्यायको आधारमा सबैले समान बोक्न सबै गाडीले क्यू सिस्टममा बोक्ने गरी व्यवस्था मिलाइएको व्यवसायी पेम्बा तामाङले बताउनुभयो । केरुङमा अहिले सामग्री नपाउँदा करिब ३ सय ओटा कन्टेनर बसिरहेका छ । आलोपालो प्रणालीमा ८ सय ३५ ओटा कन्टेर आवद्ध भएका छन् । 

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया