अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
भक्तपुर – महानगरीय प्रहरी परिषर भक्तपुरले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ ।
प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडिबुटी मनोहरा पुलसम्म प्रत्येक सवारी साधनको अत्याधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले मंगलबारदेखि लागू हुने गरी सवारीको गति निर्धारण गरेको बताउँदै अटेर गर्ने सवारी चालकलाई तत्कालै कारबाही गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘आजैदेखि यो नियम लागू गरेका छाैँ, आजदेखि गति मापन गर्ने छौँ, सुरुमा केहीदिन सवारी चालकलाई सम्झाउने छौँ, असार १ गतेदेखि भने कारबाही अगाडि बढाउने छौँ ।’
दूर्घटना न्यूनीकरणका लागि जडिबुटी मनोहरा पुलदेखि मध्यपुरथिमि, सूर्यविनायक, जगाती, पलाँसे हुँदै काँभ्रे र भक्तपुरको सीमाना साँगासम्मका लागि गति निर्धारण गरेको हो ।
प्रतिघण्टा २० किलोमिटरको गतिमा गुडेका सवारी साधनले ठक्कर नै दिए पनि मानवीय क्षति नहुने गरेको पाइएको तर तीव्र गतिमा चल्ने सवारी साधनले ठक्कर दिए ज्यानै जाने गरि मानवीय क्षति हुने गरेकाले गति सीमित गर्न यो नियम लागू गरेको उहाँको भनाइ छ ।
सडक, यातायात र विभिन्न सरोकारवाला निकायसँगको छलफल र सहमतिमा यो नियम लागू गरेको उहाँले बताउनुभयो । सवारी साधनको गति मापनका लागि प्रहरीले एक राडारगन र एक लेजरगन ल्याएर परीक्षण समेत गरिसकेको बताउदै उहाँले यो सडक खण्डमा कुनै पनि बेला कुनै पनि ठाउँबाट सवारीको गति नाप्ने बताउनुभयो ।
नियमलाई अटेर गरी तीव्र गतिमा सवारी चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक अनुमति पत्र, रुट परमिट रद्ध गर्नेदेखि यातायात संचालन अनुमति पत्र समेत रद्ध गर्न सकिने गरि कारबाही गरिने प्रधानले बताउनुभयो ।
यो नियम लागू भएपछि दुर्घटना न्यूनीकरण हुनुको साथै ज्यानै जाने गरी सवारी दुर्घटना नहुनेमा आफू विश्वस्त रहेको बताउदै प्रहरी उपरीक्षक प्रधानले यो नियमलाई कडाइकासाथ लागू गरिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।