नेपालमा लागुऔषध प्रयोगकर्ता बर्सेनि बढ्दै

 जेठ २८, २०७६ मंगलबार १२:४५:२१ | उज्यालो सहकर्मी

काठमाण्डाै - नेपालमा लागुऔषध प्रयोगकर्ता बर्सेनि ११ प्रतिशतका दरले बढ्ने गरेको पाइएको छ ।

२०७४ सालमै सार्वजनिक हुनुपर्ने अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदा लागुऔषध प्रयोगकर्ताको यकिन तथ्याङक नभए पनि अहिले देशभर झण्डै १ लाख ५६ हजार जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको अनुमान रहेकाे मन्त्रालयको लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीले बताउनुभयो ।

२०६३ सालमा गरिएको सर्वेक्षणमा ४६ जना लागुऔषध प्रयोगकर्ता रहेकोमा २०६९ मा ९१ हजार ५ पुगेको तथ्याङक छ । ५-६ वर्षमा अध्ययन प्रतिवेदन सार्वजनिक हुनुपर्ने भए पनि हुन नसकेको र मन्त्रालयले यसै वर्ष प्रतिवेदन सार्वजनिक गर्नेगरी तयारी अन्तिम चरणमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

जिल्लागत सर्वेक्षणपछि अहिले तथ्याङक संकलनको काम भैरहेको छ । गृह मन्त्रालयका अनुसार लागुऔषध दुर्व्यसनीमध्ये ५७ प्रतिशतले सुईका माध्यमबाट प्रयोग गर्ने गरेका छन् । नेपालमा बर्सेनि जुन २६ मा लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

यो वर्ष पनि जनचेतनामा केन्द्रित गरी सप्ताहव्यापी रुपमा कार्यक्रम गर्ने दुवाडीले बताउनुभयो । लागुऔषध र यसका प्रयोगकर्ताको अवस्था, सरोकारवाला निकायको नियमन र अनुगमनका काम प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै उहाँले मन्त्रालयले तयारीसमेत गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया