दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दियो १८० युवालाई रोजगारी

 जेठ २८, २०७६ मंगलबार १५:५४:३७ | उज्यालो सहकर्मी

खोटाङ –  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८० जना बेरोजगार यूवाले रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नगरपालिकाले १५ वटै वडाबाट बेरोजगारको सूचीमा सूचीकृत भएका यूवालाई रोजगारी दिएको मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो ।

रोजगारी पाएका व्यक्तिले प्रतिदिन ६१० रुपैयाँ पारिश्रमिक पाउनेछन् ।रोजगारी पाएका यूवाले सम्वन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रंगरोगन गर्ने, विद्यालय वरपर बगैंचा निर्माण गर्ने, फलफूलका बिरुवा रोप्ने लगायतका काममा खटाइएको मेयर रिजालले बताउनुभयो ।  प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमै रोजगार गाउँदा स्थानीय उत्साहित छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया