‘सारेगमप’ मा चाैथाे भएका आयुष केसीलाई १ लाख पुरस्कारसहित भक्तपुरमा सम्मान

 जेठ २८, २०७६ मंगलबार १७:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भारतीय टेलिभिजन जी टीभीको रियालिटी सो सारेगमपमा चौथो हुन सफल आयुष के.सी.लाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ । 

सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेकाे मोडर्न स्कुलले साेमबार आयोजना गरेको सम्मान कार्यक्रममा स्कुलका प्रमुख बाबुकाजी कसपाल तथा प्राचार्य अनिल कसपालले एक लाख रुपैया सहित सम्मान गर्नुभएको हो । 

आयुष यसै विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् ।

सारेगमप लिटल च्याम्प्सको २०१९ को संस्करणमा भाग लिएका केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए भने आचार्य तेस्रो र केसीले चौथो स्थानमा आउन सफल भएका थिए । प्रतियाेगितामा भारतकी सुगन्धा प्रथम तथा भारतकै माेहम्मद फैज द्वितीय भएका थिए । केसीले कार्यक्रममा नेपाली तथा हिन्दी गीत गाउनुका साथै नृत्य समेत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नेपालबाट भारतको रियालिटी शोमा भाग लिएर केसी र आचार्यले देशको नाम उच्च राख्न सफल भएको भन्दै प्रशंसा गर्नुभएको थियो । 

त्यस अवसरमा जिल्ला शिक्षा इकाइका प्रमुख खेमनाथ पोखरेल, प्राचार्य कसपाल, सूर्यविनायक नगरपालिका-४, का वडाध्यक्ष उत्तम थापालगायतले नेपाली प्रतिभाको बारेमा चर्चा गर्दै राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया