अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौको सफ्ट्वारिका कलेजमा ३ दिने आईओटी प्रदर्शनी सुरु भएको छ ।
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन मंगलबारदेखि प्रदर्शनी सुरु भएको हो । बिहीबारसम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीमा स्मार्ट स्कुल-कलेज, स्मार्ट पार्किङ्, स्मार्ट होटल र रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधनसहित स्मार्ट सिटीको नमुना राखिएका छ्न् ।
प्रदर्शनीका ८० वटा स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वारिका कलेजमा कम्प्युटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले तयार गरेका हुन् ।
प्रदर्शनी अवधिमा तीनै दिन आईटीमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशाला समेत सञ्चालन गरिएको छ । बेलायतको आईटीसम्बन्धि कभेन्ट्री युनिभर्सिटिका एकेडेमिक पाटर्नरसिप म्यानेजर एबि लिटलरले कार्यशालाको संयोजन गर्नुभएको हाे ।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिएर दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको र निशुल्क प्रवेश रहेकोले प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आईटी क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने कलेजकाे विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।