सांग्रिला डेभलपमेन्ट बैंकको ‘बचत पनि बीमा पनि’ योजना

 जेठ २९, २०७६ बुधबार ८:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

सांग्रिला डेभलपमेन्ट बैंकले ‘बचत पनि बीमा पनि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ ओटा बचत खाता छन् ।

बैंकले ती खाता खोल्ने ग्राहकको १६ लाख रुपैयाँसम्मको बीमा हुने जानकारी दिएको छ । जसमा खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमासम्बन्धी सुविधाहरू समावेश छन् । 

यो खाता खोल्दा ग्राहकले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् । न्यूनतम मौज्दात ५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ तथा २५ हजार रुपैयाँ रहेको छ ।

यो खाता खोल्नेले लकर सुविधामा विशेष छूट, निःशुल्क एबीबीएस तथा एटीएम भिसा कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा १ वर्षसम्म निःशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले अहिल सञ्चालित ८५ ओटै शाखाबाट नयाँ बचत खाता योजना पनि सुरु गरेकाे जानकारी दिएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया