अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
भक्तपुर - नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष रबिन्द्र खड्काले कलाकारले सामाजिक सेवामा पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।
भक्तपुरमा बुधबार ६७ औँ हप्ताको हनुमन्ते सरसफाइ अन्तर्गत अरनिको राजमार्ग खण्डको पाण्डुबजार-सूर्यविनायक खण्डको सरसफाइको उद्घाटन अध्यक्ष खड्काले गर्दै यस्तो बताउनु भएको हो ।
उहाँले कलाकारले दिएको सन्देश आमनागरिकले छिट्टै ग्रहण गर्ने गरेको बताउँदै कलाकार पनि सफाइ अभियानदेखि जुनसुकै सामाजिक कार्यमा पनि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघकी उपाध्यक्ष नायिका रेजिना उप्रेतीले कलाकारको पनि सामाजिक दायित्व रहने भएकाले यस्ता कार्यक्रमम सहभागिता जनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले हनुमन्ते सफाइ अभियानले आम नागरिकमा चेतना अभिवृद्धि गरेको बताउँदै अरनिको राजमार्ग सफाइ अभियान पनि सफाइको नमूनाको रुपमा अगाडि बढेको बताउनुभयो ।
बुधबार भएको सफाइ अभियानमा १० टन फोहोर संकलन गरिएको अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।