आईएमई लिमिटेडकाे १९औँ वार्षिकाेत्सवमा रक्तदान

 जेठ २९, २०७६ बुधबार १८:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईएमई आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा पानीपोखरीमा रहेकोे केन्द्रीय कार्यालयमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित ७० जनाले रक्तदान गरेका थिए ।

स्थापनाकाल देखि नैे रेमिटेन्स सेवामा लागेको आईएमईले सेवा प्रारम्भ गरेको १९ वर्षमा २ सय १ आईएमई सेन्टरसहित ७७ जिल्लाका झण्डै १० हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत विभिन्न देशहरुबाट रेमिटेन्स सुरक्षितरुपमा भित्र्याउँदै आएको छ । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया