पाँच सय रुपैयाँ लिएर मुम्बई आएकी दिशा पाटनी अहिले कराेडाैँ कमाउँछिन्

 जेठ ३०, २०७६ बिहिबार १९:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री दिशा पाटनी २६ वर्ष पुगिन् । सन् १९९२ जुन १३ मा भारतको बरेलीमा दिशा पाटनीको जन्म भएको हो । 

दिशा अभिनेता टाइगर श्रफकी प्रेमिका हुन् । आफ्नो बोल्डनेसका कारण बेला बेलामा चर्चामा छाइरहने दिशाका सामाजिक सञ्जालमा पनि धेरै प्रशंसकहरु छन् ।

दिशाले अभिनय गरेको पछिल्लो चलचित्र ‘भारत’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । उनले अभिनेता सुशान्त सिंहका साथ ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । चलचित्रमा उनको छोटो भूमिका थियो तर उनले दर्शकको मन जित्न सफल भइन् । बलिउडमा डेब्यू गर्नुअघि उनले तेलुगु चलचित्र ‘लोफर’ मा काम गरेकी थिइन् । 

दिशाले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘मैले अभिनयको सपना पूरा गर्नको लागि बीचैमा पढाइ छोडिदिएकी थिएँ ।’ उनी मुम्बई आउँदा उनीसँग मात्र पाँच सय रुपैयाँ थियो । सुरुसुरुमा उनी एक्लै बस्थिन् र काम गर्थिन् तर उनले परिवारसँग कहिल्यै सहयोग मागिनन् । 

दिशा अभिनयका साथै उत्कृष्ट डान्सर पनि हुन् । रणबीर कपूर उनका क्रश थिए । दिशा स्कुल जाँदा आफ्नो स्कुटर लिएर सधैँ रणबीरको पोष्टर लगाइएको बाटो जाने गर्थिन् । उनी आँखाले देखुन्जेलसम्म रणबीरको पोष्टरलाई फर्कीफर्की हेर्ने गर्थिन् । 

अहिले अभिनेता टाइगर श्रफको प्रेममा रहेकी दिशाले कुनै समय टेलिभिजन अभिनेता पार्थ सामथनलाई डेट गरेकी थिइन् । दुवैले झण्डै एक वर्षसम्म डेट गरेका थिए । त्यस समयमा दिशा फिल्म उद्योगमा सक्रिय थिइनन् तर पार्थ टेलिभिजनमा निकै चर्चित थिए । पछि दुबैले ब्रेकअप गरे । यी दुईबीच के कारणले ब्रेकअप भयो, त्यसको कारण भने सार्वजनिक भएन । 

घरबाट रित्तै हात आएकी दिशाको अहिले मुम्बईमा आफ्नै घर छ । उनले सन् २०१७ मा आफ्नै कमाइले घर किनेकी हुन् । पाँच करोडको घरलाई दिशाले ‘लिटिल हट’ नाम दिएकी छिन् ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया