‘दिगो व्यवसायको प्रतिफल सबै तहमा पुगे समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त हुन्छ’

 जेठ ३०, २०७६ बिहीबार १७:३४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल उद्याेग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय श्रम सम्मेलन आईइलओ को १०८ औंँ अधिवेशनलाई सम्बाेधन गर्नुभएकाे छ ।

यही जेष्ठ २७ गतेदेखि स्विजरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा बिहीबार सम्बाेधन गर्दै सभापति ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई ज्ञापन गर्नुभयो ।

उहाँले श्रम सम्मेलनको त्यस अधिवेशनबाट कामको भविष्य विषयमा पारित हुने शतवार्षिकी घोषणा कामको भविष्यसम्बन्धी चुनौतीको सामना गर्न कोशेढुङ्गा सावित हुने सभापति बताउनु भयो ।

दिगो व्यवसायको माध्यमबाट प्राप्त प्रतिफललाई सबै तह र तप्कामा पुर्‍याउन सके समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्न सम्भव हुने पनि सभापति ढकालले बताउनुभयाे । 

सरकार, रोजगारदाता र ट्रेड यूनियनको सहभागिता रहेको सम्मेलन असार ६ गतेसम्म चल्नेछ ।
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया