पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन

 जेठ ३१, २०७६ शुक्रबार ९:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन भएको छ । 

चितवनको माडीमा रहेको निवासमा शुक्रबार बिहान हृदयघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको उहाँका पूर्व स्वकीय सचिव ओमनाथ पाण्डेले जानकारी दिनुभयो ।

यहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि माडी बसन्तपुरमा राखिने उहाँले बताउनुभयो । पौडेललाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता शुक्रबार नै चितवन पुग्ने पनि उहाँले जानकारी दिनुभयो । 

पौडेल २०७३ साल भदौमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो ।  
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया