चट्याङ लागेर सिन्धुलीमा एक जनाको ज्यान गयो

 जेठ ३१, २०७६ शुक्रबार ९:४६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – दुधौली नगरपालिका-१ निवासी ४५ वर्षीय भीमनाथ कुँमरको चट्याङ लागेर ज्यान गएको छ । 

दुधौली नगरपालिका-१ का वडा सचिव हेडम्बराज अधिकारीका अनुसार, कमला नदीको बगरमा गाइवस्तु चराएर घर फर्किने क्रममा बिहीबार साँझ कुँमरको ज्यान गएको हो । 

साँझ करिब साढे सात बजेतिर पानी परेपछि रुखमुनि ओत लाग्ने क्रममा चट्याङ लागेर कुँवरको घटनास्थलमा नै ज्यान गएकाे हो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया