फ्राइडे रिलिज  : आजदेखि ‘प्रेमदिवस’ र ‘झट्का’ प्रदर्शनमा, जात्रै जात्रा पाँचौ हप्तामा

 जेठ ३१, २०७६ शुक्रबार ११:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिज अन्तर्गत शुत्रवारदेखि २ वटा चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका २ चलचित्र हुन् प्रेम दिवस र झड्का ।  दुवै चलचित्र प्रचार–प्रसारका हिसाबले कमजोर देखिएका छन् ।

सुरुमा चलचित्र ‘प्रेम दिवस’को नाम ‘राधा २’राखिएको थियो । चलचित्र राधाकै सिक्वेलका रुपमा ‘राधा २’ नाम राखेर निर्माण गर्ने बताइएको थियो तर अन्तिम समयमा चलचित्रको नाम परिवर्तन गरेर ‘प्रेम दिवस’ राखिएको थियो । चलचित्र ‘प्रेम दिवस’लाई निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

चलचित्र ‘प्रेम दिवस’मा रियल जोडी प्रियंका कार्की र  आयुष्मान देशराज जोशीले रोमान्स गरेका छन् । प्रेम कथामा अधारित रहेर निर्माण गरिएको चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र महाराजा थापाको संगीत रहेको छ । चलचित्रमा हरि लामाको छायांकन रहेको छ ।

यसै गरी आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘झट्का’ । प्रचार–प्रसारमा न्यून देखिएको यो चलचित्रलाई रमेश विशुन्खेले निर्देशन गरेका हुन् । चलचित्रमा काठमाण्डौको रात्रीकालीन जीवनको कथा हाँस्य शैलीमा प्रस्तुत गरिएको छ । चलचित्र झट्कामा हाँस्य कलाकार सुरवीर पण्डितले मुख्य भुमिका निर्वाह गरेका छन् ।

जात्रै जात्रा पाँचौ हप्तामा 

यस्तै जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र जात्रै जात्रा आजदेखि पाँचौ हप्तामा प्रवेश गरेको छ । चलचित्रले काठमाण्डौका  विभिन्न मल्टिप्लेक्स हलहरुमा ३ देखि ७ शो पाइरहेको छ । उपत्यका तथा उपत्यका बाहिरका विभिन्न हलहरुमा चलचित्र प्रदर्शन भइरहेको छ । 

बिहीबार सम्मको रेकर्ड हेर्ने हो भने नेपालबाट मात्र चलचित्रले करिब ९ करोड रुपैयाँ माथिको व्यापार गर्न सफल भएको चलचित्रका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।

चलचित्र जात्रै जात्रा विदेशका विभिन्न स्थानमा पनि प्रदर्शन भइरहेको छ । अष्ट्रेलिया, अमेरिका, जापान, हङकङलगायत अन्य विभिन्न देशहरुमा चलचित्रले उच्च व्यापार गरिरहेको छ । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया