अस्ति कीर्तिमान बनाएको सुनको भाउ आज घट्यो
चैत ३, २०८१ आइतबार
काठमाडौं – विश्वको सर्वोच्च शिखर २२ औँ पटक सफल आरोहण गरेर नयाँ कीर्तिमान बनाउन सफल कामीरिता शेर्पालाई बृज सिमेन्टले सम्मान गरेको छ ।
बृज सिमेन्ट र पुष्पतारा केडिया सेवा संस्थाले बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सगरमाथा आरोही शेर्पालाई सम्मान गरेको हो । कार्यक्रममा बृज सिमेन्टले सन् २०१९ मा सगरमाथा वरिपरिका बस्तीहरुमा यात्रा गरी हिमाली भेगका कथाहरु संकलन गर्ने उद्देश्य लिएकाले आरोही शेर्पालाई सघाउने प्रतिवद्धता पनि व्यक्त गरेको छ । शेर्पा समूदायको सांस्कृतिक, आर्थिक तथा मौलिक कथाहरु विश्वसामू चिनाउन कथा संकलन गर्न लागिएको शेर्पाले बताउनुभयो ।
‘स्टोरी साइकल’ सँगको सहकार्यमा संलकन गर्न लागिएको कथा संकलनमा २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प पश्चातको पुनर्निर्माणको कथाहरु पनि समेटने दावी गरिएको छ ।
सगरमाथा आरोहणको इतिहासमा नयाँ कीर्तिमान राख्नुभएका शेर्पाले सगरमाथा र त्यस वरपरको वातावरण संरक्षणमा पनि आफूले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बृज सिमेन्ट इन्डष्ट्री प्रालिका प्रबन्ध निर्देशक मनोज केडियाले नेपाललाई विश्वसामू चिनाउन सफल शेर्पालाई आगामी दिन पनि थप सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।