शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

 जेठ ३१, २०७६ शुक्रबार १२:१७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पूर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा शुक्रबार बिहान चितवनको माडीमा असमायिक निधन भएको हो । बैठकले उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दे शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ । अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया