अन्तर्राष्ट्रिय ‘माउण्टेन हब’का लागि उपयुक्त ठाउँ खोज्दै योजना आयोगका पदाधिकारी रुविभ्यालीमा (फोटो फिचर)

 जेठ ३१, २०७६ शुक्रबार १४:०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । 

हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवर्द्धनको काम एकसाथ अगाडि बढाउन अध्ययनको तयारी गरेको हो । 

पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ति उत्पादनदेखि अन्तर्राष्ट्रिय विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने माउण्टेन हब निर्माण गर्दा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट पहिचान हुने विश्वासका साथ उपयुक्त स्थानको छनोट गर्न लागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताउनुभयो । 

सरकारले चाहे जस्तो पर्याप्तपूर्वाधार निर्माण गर्न उपयुक्त स्थान काठमाण्डौबाट सबैभन्दा नजिकको दूरीमा रहेको धादिङको रुविभ्याली स्थित गणेश हिमाल श्रृङ्खला अन्तर्गत पाल्दोर हिमालको आधार शिविर र पाङसाङ पासमा रहेको धादिङ क्षेत्र नम्बर २ का सांसद खेमप्रसाद लोहनीले बताउनुभयो । 

पाल्दोर आधार शिविर र पाङसाङपासमा भर्खरै नेपाल पर्वतारोहण संघको संयोजनमा राष्ट्रिय योजना आयोगको उच्च पदाधिकारीद्वारा स्थलगत अवलोकन गरिसकिएको छ । यही जेठ १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले रुविभ्यालीको पाङसाङ पास र पाल्दोर आधार शिविर पुगेर स्थलगत निरीक्षण गरेको हो ।

अध्ययन भ्रमणमा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डाक्टर रामकुमार फुयाल, धादिङ क्षेत्र नं. २ का सांसद खेमप्रसाद लोहनी, नेपाल पर्वतारोहण संघका महा सचिव कुलबहादुर गुरुङलगायतको सहभागिता थियो । 

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया