कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गामा किसानले मोहियानी हक पाउन] व्यjस्था हुनुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेकाे ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको ‘नेसनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अध्यक्ष बिजुक्छेले जग्गाबाट उठेका कर जनताकै लागि खर्च गर्नुपर्नेमा जोड दिँदै गुठी जग्गा र घरहरू स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । आर्थिक समृद्धिको नाराले मात्र देश विकास नहुने बताउदै साँचो अर्थमा देशलाई समृद्धिको यात्रामा डाेर्याउन आर्थिक गतिविधिहरूमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक व्यवस्था राजनैतिक व्यवस्थाद्वारा निर्देशित हुने बताउँदै देशको राजनैतिक, आर्थिक र भौतिक शक्ति समाजकेन्द्रित गर्दै लानु नै समाजवादतिर जाने बाटो भएकाे अभिव्यक्ति दिनुभयो ।
नेपाल सरकारले आर्थिक ऐन संशोधन गरी कालो सूचीमा परेकालाई बोलपत्रमा भाग लिन नपाउने, काम सकिएको पाँच वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने, मुद्दा खेपिरहेका ठेकेदारले टेन्डरमा भाग लिन नपाउनेलगायतका व्यवस्थालाई महिना नबित्दै खारेज गरी बेइमान ठेकेदारहरूको मनोबल बढेको भनाइ राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले भक्तपुरको कला–संस्कृति संरक्षण र सम्पदा पुनःनिर्माणमा तीव्र रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी उपरीक्षक सबिन प्रधान, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका उपप्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठलगायतले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।