छुट तथा पुनःजाँच सर्वेक्षणको समयसीमा फेरि थप, गुनासो दर्ता भने नहुने

 जेठ ३२, २०७६ शनिबार ८:३१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणको समयसीमा फेरि थपेको छ । 

भूकम्प प्रभावित जिल्लामा छुट तथा पुनःजाँच सर्वेको काम नसकिएकाले असार १५ गतेसम्मका लागि थप गरेको प्राधिकरणले जनाएको छ । २०७५ चैत १५ गतेबाट सुरु भएको सर्वेक्षणको काम वैशाख मसान्तभित्र सक्ने भनिएको थियो तर प्राविधिकको आन्दोलनका कारण काम प्रभावित भएको भन्दै जेठ मसान्तसम्म तोकिएको थियो । 

भूकम्प प्रभावितको गुनासो दर्ताको समय सकिएको तर छुट तथा सर्वेक्षणको समय १५ दिन थपिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे बताउनुभयो ।

तोकिएको समयसीमाभित्र स्थानीय तहमा दर्ता भएका र स्थानीय तहबाट सिफारिस गुनासो केन्द्रीय सूचना प्रणालीमा आउनेक्रम जारी रहेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म केन्द्रीय सूचना प्रणालीमा झण्डै ५८ हजार गुनासा प्राप्त भएका छन् ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया