अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – बढ्दाे गर्मीसँगै यसबाट जोगिन विभिन्न उपाय अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
केही दिनयता तराईलगायत देशैभर गर्मी बढेकाले सावधानी अपनाउन फेमीली फिजिसियन डाक्टर विश्वराज दवाडीले सुझाव दिनुभएको छ ।
गर्मीमा पकाइएको खानेकुरा केही घन्टामै बिग्रने भएकाले बासी तथा सडेगलेका खानेकुरा नखान, धेरै मसलायुक्त खानेकुरा नखान, दुषित पानी नखान, काँचो र नपाकेका खानेकुरा नखान उहाँले आग्रह गर्नुभएको छ ।
यस्ता खानेकुराले फुड पोइजनलगायतका स्वास्थ्य समस्या हुने उहाँको भनाई छ । यस्तै फोहोर र बासी खानाले पखाला लाग्ने, बान्ता हुने र ज्वरो आउँछ । यस्तै गर्मी भएकाले जाडो महिनाको तुलनामा दोब्बर धेरै पानी पिउन डाक्टर दवाडीको सुझाव छ ।
घाममा बसेर काम गर्दा पसिना मार्फत् शरीरमा भएको पानी बाहिर निस्कने भएकाले जाडो याममाभन्दा धेरै पानी पिउनुपर्ने उहाँको तर्क छ ।
यसैगरी सकेसम्म घाममा बसेर काम नगर्न, बस्नै परे सफा पानी धेरै मात्रामा पिउन, ताजा जुस, झोलिलो खानेकुरा धेरै खाने, पूरा बाहुला भएको लुगा लगाउने, टोपी लगाउने, हिँड्दा छाता ओड्ने गरे पनि गर्मीबाट बच्न सकिने डाक्टर दवाडीले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।