अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - गुठी विधेयकको विरोधमा काठमाण्डाैकाे वसन्तपुर दरबार क्षेत्रमा शनिबार प्रर्दशन भएको छ ।
ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आह्वानमा शनिबार बिहान वसन्तपुरदरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो । ज्यापू महागुठी अन्तरगतका विभिन्न गुठीका गुठियार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्नेगरी गुठी विधेयक ल्याइएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो ।
प्रर्दशनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अब जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए । ज्यापू महागुठी अन्तरगतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवल लगायतका ठाउँ हुँदै वसन्तपुरदरबार क्षेत्र पुगेर कोणसभामा परिणत भएको थियो ।
सरकारले देशभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै देशभरका गुठीहरु विरोधमा उत्रिएका हुन् ।
गुठी विधेयकको विरोधमा काठमाण्डाैलगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रर्दशन हुँदै आएको छ भने संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गर्दे आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।