बम विष्फोटका घाइते ‘विप्लव’ कार्यकर्ता रामकुमार श्रेष्ठको ज्यान गयाे

 जेठ ३२, २०७६ शनिबार १५:१३:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ - गएकाे जेठ १२ गते काठमाण्डाैमा भएको बम विष्फोटमा घाइते भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रामकुमार श्रेष्ठको शनिबार ज्यान गएको छ ।

श्रेष्ठको काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । यससँगै विष्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । घाइते हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालमै उपचार भैरहेको छ ।

सुकेधारा विस्फोटमा घाइते भएका सैलुन सञ्चालक छोटे भनिने जीवकुमार ठाकुरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा नेकपाका कार्यकर्ता कालीकोटका दीपक विक, दाङका गोकुल रानामगर, निरन्तर मल्ल र सीटीईभीटीमा अध्ययनरत प्रज्वल शाहीको १२ गते नै ज्यान गएको थियो । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया