२९ अर्बको बजेट ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

 जेठ ३२, २०७६ शनिबार १९:२५:१४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७६/२०७७ को लागि झण्डै २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । 

चालु आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि त्यसमा ४ अर्ब थपेर २९ अर्बको बजेट ल्याउन लागेको छ ।

कृषिलाई विशेष प्राथमिकतामा राखेर तीन वर्षभित्र कृषिमा आत्मनिर्भर हुने गरी बजेट ल्याउन लागेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 

बजेटले प्रदेशको पूर्वाधार विकासलाई पनि बढी महत्व दिने बताइएको छ । त्यस्तै वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने छ । 

साथै विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेर बजेट ल्याउन थालेको आर्थिम मामिला तथा योजनामन्त्री झपड बोहोराले बताउनुभयो । 

प्रदेशको गरिबी, बेरोजगारी र बाजुराजस्ता विकट जिल्लाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याउने समेत जनाइरहँदा विगतका केही योजनाहरू दोहोरिने र केही नयाँ योजनाहरू थपिने बताइएको छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया