साकेला शिली प्रदर्शन गर्दै खोटाङमा उभौलीकाे बिदाइ

 जेठ ३२, २०७६ शनिबार १९:४८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङमा किराँत राई समुदायले लोपोन्मुख साकेला शिली प्रदर्शन गर्दै महान चाड साकेला उभौलीको बिदाइ गरेका छन् ।

‘अन्नबाली सप्रियोस्, रोगब्याधि नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनासहित भूमि, पितृ र अन्नको पूजाआजा गर्दै जेठ ४ गतेदेखि मनाउन सुरु गरिएको एक महिने उभौली चाडलाई शनिबार लोपोन्मुख साकेला शिली प्रदर्शन गर्दै बिदाइ गरिएको हो ।

किराँत राईको सँस्कृतिलाई प्रचार–प्रसार गर्दै संरक्षण गर्ने उद्धेश्यले किराँत राई यायोक्खा र किराँत सेवा समाजले जिल्लामा साकेला चाडको सुरुवात र बिदाइमा बृहत साकेला शिली प्रदर्शन गर्ने परम्परा बसाएको छ ।

किराँत राई समुदायमा एकै दिन सुरु भए पनि साकेलाको बिदाइ भने ठाउँ अनुसार फरक–फरक समयमा गर्ने प्रचलन रहेको किराँत राई यायोक्खा खोटाङका सचिव युगसन किराँतले बताउनुभयो ।

दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित कार्यक्रममा प्रदेशसभाका सांसद उषाकला राईले तीन चुलामा आगो बालेर बृहत साकेला शिली प्रदर्शन एवं समापन कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

साकेला शिली प्रदर्शनीमा चारी शिली, तयामा–खियमा शिली, मोछामा शिली, द्यार्पा शिली, ककले, बेसारा, कुकरा लगायतका लोपोन्मुख शिली प्रदर्शन गरिएको किराँत राई यायोक्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया